राष्ट्रिय व्यापार मेलामा रोजगारी दिने र लिनेको जमघट
पाेखरा | मंसिर २०, २०७९
पोखराः पोखराको नयाँबजार प्रदर्शनी केन्द्रमा जारी समृद्ध स्टिल्स राष्ट्रिय व्यापार मेलामा विभिन्न व्यवासायीहरुको स्टलहरु छन् । विशेषगरि व्यवासायिक प्रयोजनका लागि स्टल सञ्चालन गरिएपनि केही स्टलहरु फरक किसिमका छन् ।
डोमभित्र रहेको आयोजक संस्थाकै एउटा यस्तो स्टल छ, जहाँ रोजगारी दिने र लिनेको जमघट हुन्छ । त्यतिमात्रै होइन, त्यहाँ तालिमको लागि इच्छुकहरुका लागिसमेत आवेदनको व्यवस्था छ । उक्त स्टलमा दुईदिनको समयावधिमा १८ जनाले रोजगारीका लागि आवेदन बुझाएका छन् ।
पोखरा उद्योग वाणिज्य संघको स्टलमा दुई दिनमा १८ जनाले विभिन्न जागिरका लागि आवेदन दिएको संघका कर्मचारी लक्ष्मी अधिकारीले जानकारी दिइन् ।
उनका अनुसार दुई दिनको अवधिमा ५ जना रोजगारदाताले जागिर दिलाउने भन्दै नाम उपबल्ध गराएका छन् भने ४ जनाले तालिमका लागि माग गरेका छन् ।
‘मेला १६ गतेदेखि नै जारी हो, यो स्टल हिजो देखि राखिएको हो, अधिकारीले भनिन्, ‘जागिर चाँहियो, तालिम चाँहियो र जागिर दिन्छु भनेर स्टलमा आएर नै नाम, ठेगाना र सम्पर्क नम्बर उपलब्ध गराउनुभएको छ, मेला पछि हामीले उहाँहरुसँग समन्वय गरेर अगाडी बढ्छौं ।’
यो समाचार तयार पार्दासम्म जागिर रोजगारीका लागि १८, स्वरोजगारको लागि तालिम ४ जना र आफ्नो कम्पन्नी वा व्यवसायमा रोजगारीको अवसर दिनका लागि ५ जनाले आवेदन दिएको अधिकारीले बताइन् ।
उनका अनुसार रोजगारको आवेदन दिनेमा अधिकांश पार्ट टाइम जबदेखि इन्जिनियरिङ, बैंङ्क तथा वित्तिय संस्था, शिक्षक, विक्रेता (सेल्स मेन) रहेका छन् । यस्तै तालिमका लागि आवेदन दिनेमा पार्लर, वारिस्टा, कम्युटर शिक्षा र मन्टेश्वरी तालिमको माग गरिएको बताइएको छ । जागिर दिने भनेर आवेदन दिनेमा होटल, अकान्टेन्ट, सेल्समेन, मार्केटिङ लगायतका क्षेत्रहरु उल्लेख गरिएका छन् । महोत्सव आगामी २५ गतेसम्म जारी रहनेछ ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

